लेकसाइडबाट वडा सदस्य पहारीसहित ४ जना पक्राउ

पाेखरा | मंसिर २२, २०८०

लेकसाइडबाट वडा सदस्य पहारीसहित ४ जना पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थानकै ४१ वर्षीय विकास पहारी,  लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र सोही वडाकै २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन्  ।

 

कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रतिफोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए । 
 

उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए ।

 

सोही जाहेरीकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्